पोखरामा कृषि यान्त्रीकरण एक्सपो सुरु
पाेखरा | पुस २०, २०८०
पोखरा: पोखरामा तीन दिने कृषि यान्त्रीकरण एक्सपो आजदेखि सुरु भएको छ ।
‘कृषिमा यान्त्रीकरणको अवलम्बन, कृषि कार्यमा परिवर्तन’ भन्ने नाराका साथ पहिलो पटक प्रदेश अन्तर्गत कृषि यन्त्र र प्रविधि सम्बन्धी वृहत् प्रदर्शनी सुरु भएको हो ।
गण्डकी प्रदेशको पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा आज, भोलि र पर्सिसम्म सो मेला जारी रहने नेपाल कृषि मेशिनरी व्यवसायी संघ (नामिया) की उपाध्यक्ष सुनिता नेम्खेवाले बताइन् । सो प्रदर्शनी बिहान १० देखि ५ बजेसम्म खुल्ला रहनेछ ।
प्रदर्शनीमा ६० भन्दा धेरै स्टलहरु रहनेछ भने करिब ५ करोड मूल्य बराबरको कारोबार हुने अनुमान आयोजकले गरेको छ ।
कृषक, कृषि कर्मी, उद्यमी, व्यवसायी, कृषि बिग्य, राजनीतिकर्मी, विद्यार्थी, कर्मचारी लगायत करिब २० हजारले मेलाको अवलोकन गर्ने लक्ष्य आयोजकले लिएको छ ।
एकै थलोमा आधुनिक प्रविधि, विभिन्न कृषि औजार र उपकरण र यन्त्रहरु तथा सेवाहरूका बारे जानकारी गराउन, नीति निर्माता तथा उपभोक्ताहरूलाई कृषि यान्त्रीकरण प्रविधि सम्बन्धी चेतना जगाउन प्रवर्द्धनमा योगदान पुर्याउन, कृषि यान्त्रीकरण प्रविधि तथा सेवाको आन्तरिक बजारको विकास गर्ने जस्ता उद्देश्य आयोजकले लिएको छ ।
मुस्ताङ: धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा विदेशी पर्यटकको आगमन सङ्ख्या वृद्धि भएको छ । यहाँ सन् २०२४ को अनुपातमा सन् २०२५ मा २५ हजार ४०३ जना विदेशी पर्यटकको सङ्ख्या वृद्धि भएको राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्न...
ढोरपाटन: तमानखोला गाउँपालिका–३ को वडा कार्यालय भवन निर्माण रु एक करोड ६८ लागतमा भएको छ । वडाध्यक्ष झकबहादुर बुढा मगरका अनुसार एउटा सुविधायुक्त सभाहलसहित सात वटा कोठाको तीनतले भवन ...
काठमाडौं: पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढिरहेकामा आज पनि दुवै धातुको मूल्य घटेको छ । आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ५९ हजार ६०० रुपैयाँ र त्यति नै ...

